निगमको जहाजले असारदेखि जापानमा उडान गर्ने

वैशाख २२, काठमाडौं । वायु सेवा निगमले १२ वर्षपछि चीनको साँघाई हुँदै जापानको ओसाकासम्म व्यावसायिक उडान सुरु गर्ने भएको छ । यसअघि निगमले करिब १३ वर्ष काठमाडौं-ओसाका उडान गरेको थियो ।

निगमले मध्य असारदेखि वाइडबडी विमानमार्फत सातामा तीन दिन जापानमा सिधा उडान गर्ने जनाएको छ । ‘जापान उडान गर्ने अब निश्चित भयो,’ निगमका सहायक प्रवक्ता नवराज कोइरालले भने, ‘असार १९ गतेदेखि ओसाकामा नियमित उडान गर्छौँ ।’

उनका अनुसार आइतबारदेखि टिकट बिक्री खुला गरिनेछ । काठमाडौं-ओसाकाको एकतर्फी हवाई भाडा कम्तीमा ४५ हजार तथा दुईतर्फी ८० हजारसम्म कायम हुने कोइरालाले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.