बैशाख २१, काठमाडौं ।
संसारमा कुनै ठाउँ छैन होला जहाँ आमालाई सम्मान नहुने । आमा शब्दमा नै यति मिठास र आनन्द दिन्छ कि, शब्दले नै मन्त्रमुग्ध बनाउन सक्छ । मनमा उर्जा र आनन्द दिने शब्द कतै छ भने त्यो आमा नै नहोला भन्न सकिन्न । अफसोचका साथ भन्छु तर आमा म तपाईको कुलङघार संन्तान हुँ । हुन त आफ्नो सन्तानको हरेक गल्तीहरु आमालालाई सानै लाग्छ, तर मेरा ति गल्तीहरु पक्कै माफी योज्ञ थिएन । त्यसैले त आत्मग्लानीका साथ भन्छु कि म तपाईको कुलङघार सन्तान हुँ जसले आफ्नी आमाको मर्म बुझ्न सकेन । ९ महिना सम्म कोखमा राखी र्हुकाई बढाईको बदलामा आँखा भरी आँसु र मन भरी पिडा बाहेक केही दिन सकिन ।
हुन त एउटी आमाकाे ममताला हुन त आफ्नो आमाको ममतालाई लत्याउन सक्ने पनि कोही सन्तान हुन्छन र भन्ने सोच जो कोहीलाई आउन सम्छ । वास्तवमा मेरो मन अरुको जस्तो हुदैँ होइन रहेछ । बच्चा हुदा मेरो सन्तानलाई शक्ति देउ भनेर प्रार्थन गर्थौँ नि ? त्यही प्राथनाको प्रभावले होला मेरो मुटु ढुङ्गा भन्दा पनि दह्रो कठोर बनेको रहेछ ।
मैले मेरा खुसी बाहेक अरु केही सोच्ने चेष्ठा नै राखिन र तपाईलाई पनि कहिल्यै पनि तपाईको खुसी दिने मानसिकता नै राखिन । मैले म प्रति तपाईलाई यति सम्म बनाएकी तपाईले म बाहेक अरु कोही सोच्नै सक्नु भएन । समाजको बेईच्जत सहनु भएको छ तर मेलै ती सब कुराको घाउमा मलम लगाउनु साटो झन नुन चुक छरेको छु ।
कसैले मेरो पागल प्रेमी कोही छ भन्ने सोच्छ भने म उसलाई भन्न सक्छु मेरो आमा नै मेरो पागल प्रेमी हो । सन्तान प्रति आमाको मोह कति सम्म हुदो रहेछ भन्ने कुरा एउटी आमाबाट सिक्दै छु । संसारमा सबैभन्दा त्यागी केही चिज छ भने त्यो आमा नै हो । आमाको जिम्मेवारी तपाईले धेरै मेहनत गरेर नै गर्नु भएको हो । तर तपाईका लागि मेलै गर्नु पर्ने कर्तव्य सबै भुलेर तपाईलाई वृदा आश्रम सम्म पुर्याउने सन्तानको नाममा पनि कर्लक कुलङघार सन्तान म हुँ । जसले कहिले कर्तव्य बोध नै गरेन । जसले आशुको मुल्य नै बुझ्न सकेन ।
थाहा छ आमा म किन कुलङघार सन्तान हुँ ? किनकी मैले तपाईको म प्रतिको मेहनतलाई कहिल्यै बुझ्नै सकिन । तपाईले मेरा लागि उठाएको जोखिमको विषयमा कहिल्यै चासो नै दिईन । तपाईको गाला चाउरी परेर मुजा मुजा पर्दा पनि मेरो लागि तपाईले चिसो बालुवा र सिमेन्टको भारी सम्म नभनी मेरो पढाईको लागि भन्दै गरेको अथाह मेहनतको साटो मैले तपाईलाई साहारा चाहिने बेला बेसाहारा बनाई दिए । कहिले श्रीमती त कहिले गाँउलेको कुरा सुनी तपाईको आँखामा बगेका आँसुको समेत केही वास्ता नगरी घर देखी वृदा आश्रम सम्मको बाटो तय गरिदिए ।
विद्यालय पढ्दा म भोकले मर्छ भनेर विद्यालयको खाजा खाने समयमा खाजा बोकेर आउदा साथिहरुलाई चिनाउन लाज हुन्छ, किन आको भनी तपाईलाई गाली गर्थे । छोरोले सरकारी स्कुलमा पढ्यो भने अरु साथिहरु भन्दा पछाडी पर्छ भन्दै बाबा देखी लुकाएर प्यावा बनाएर राखेको पैसाले मलाई प्राईभेट स्कुलमा पढाउनु भयो तर मैले त्यसको बदलामा तपाईले बोल्ने शब्द राम्रो सँग उच्चारण गर्न नसकेको भनी बेईज्जत गरे । त्यतिमात्र कहाँ होर फेसेनेबल बन्न नसकेको र पुरानै रितिथितिमा चलेको भन्दै एउटा आमाको आत्मसम्मानमा ठेस पुर्याएको छु ।
तिमीले स्वर्ग देख्ने मेरो ओठको मुस्कानहरुको स्रेय मैले कहिलै तिमीलाई दिन सकिन । म जे छु मेरो कारणले मात्र छु भन्ने मेरो एकोहोरो भावलाई पचाउन तिमीलाई कति असहज भयो होला । पल्लो घरको भाउजुले सधैभरी मेरो छोरो यस्ता आफ्नो सन्तानको प्रशंसा गरी रहँदा तिम्रो मन भित्र कत्रो चट्टान आउथ्यो होला, तयो आदीहुरीलाई मैले बुझ्न सकिन । म कुलङघार सन्तानलाई माफगरिदेउ आमा ।
छोरा छोरी सानो हुँदा मर्लान भन्ने पिर ठुलो भएपछि मार्लान भन्ने पिर हुन्छ भन्छन मैले यो दुवैको पिरबाट कहिले उन्मुक्ति दिन सकिन । बुढेसकालको साहारा होला अर्थात बुढेसकालको लाठी हुन्छ हो भनेर कहिले पनि मेरो मनलाई दुखाउने शब्द नै प्रयोग गर्नु भएन । यति सम्म कि म स्वार्थको दल दलमा फस्दा समेत तपाईमा म प्रति कहिले रिस नै उठेन । बरु बच्चा नै छ बुद्धि आउने बेला नै भाको छैन भनेर आफ्नो मन बुझोउनु भयो ।
तपाई रोग लागेर उपचार गर्ने पैसा नभई छटपट्टि रहनु भएको बेला रिफ्रेशमेन्टको लागि भन्दै म कहिले पोखरा त कहिले मन शान्त पार्न भन्दै लुम्बिनी पुग्दा समेत तपाईले म सँग किन यसो गरिसको एउटै शब्द प्रयोग नै गर्नु भएन । तपाई बिरामी परेर जाउलोसम्म निल्न गारो भैरहेको बेला म कहाँ महँगा रक्सि र मिठो मासु खान पाईन्छ भनेर हिने । हो आमा त्यसैले पनि म कुलङघार सन्तान हुँ
कृष्णकुमारी चौलागाईं

