बैशाख २१, ललितपुर । ललितपुरको सानेपामा केटीको विषयमा दुई समुहबीच छुरी हानाहान हुँदा एक जनाको मृत्यु भएको छ । केटीको बिषयमा भएको विवादले दुई समूहबीच छुरी हानाहानसम्मको अवस्था सिर्जना भएको थियो ।
छुरी लागेर ललितपुर महानगरपालिका वडा नम्बर ६ प्रयाग पोखरी बस्ने २० बर्षीय अन्सल शाक्यको मृत्यु भएको छ । छुरी लागेर घाइते भएका शाक्यको मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरले जानकारी दिएको छ ।
घटनामा संलग्न पाँच जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान जारी रहेको उनले बताए ।

