खालिपेटमा नखानुहोस् यस्ता खानेकुरा

बैशाख २१, एजेन्सी । कहिलेकाही खालि पेटमा हामीले केही खाने कुरा खान्छौं त्यो समय तपाईलाई अलि अफ्टेरो महसुस हुन्छ हो । हामी बिहान सुतेर उठ्छौ त्यो समय शरिरमा एसिडको मात्रा धेरै हुने गर्दछ । यस्तोमा एसिडको स्तर बढाउने खानेकुरा एसिडिटीजस्ता विभिन्न स्वास्थ्य समस्या निम्त्याउने गर्दछ ।

दूधः यसमा पाइने स्याचुरेटेड फ्याट, प्रोटिनले पेटको मांसपेशीलाई कमजोर बनाउने गर्दछ । यसले खपच हुने र खकारको समस्या निम्त्याउने गर्दछ ।

केराः केरामा क्याल्सियम, म्याग्नेसियम हुन्छ । खाली पेटमा खाँदा क्याल्सियम, म्याग्नेसियमको ब्यालेन्स बिग्रने भएकाले एसिडिटी हुनसक्छ ।

खरबुजाः यसमा आइरन, पोटासियम हुन्छ । आइरन र पोटासिम खाली पेटमा खाँदा एसिडिटी हुनसक्छ ।

चियाः चियामा एसिडको मात्रा धेरै हुन्छ । यो खाली पेटमा खाँदा पेट पोल्ने र दुख्ने गर्दछ ।

गुलियो खानेकुराः मिठाई वा हलुवाजस्ता खानेकुरा खाली पेटमा खाँदा रगतमा चीनिको मात्रा बढ्छ । यसले आँखाको समस्या निम्त्याउने गर्दछ ।

दहीः यसमा पाइने प्रोबायोटिक ब्याक्टेरिया खाली पेटको एसिडको स्तरलाई बढाउने गर्दछ । खाली पेटमा दही सेवन गर्दा पेट पोल्ने समस्या हुने गर्दछ ।

शखरखण्डः यसमा टोनिक र प्याक्टिन हुन्छ जुन आली पेट हुँदा पच्दैन । यसले छाती पोल्ने समस्या निम्तिन सक्छ ।

आँपः यसले शरिरमा गर्मी पैदा गराउँछ । यसलाई खाली पेटमा खाँदा एसिडको स्तरमा वृद्धि हुन्छ र एसिडिटी बढाउछ । एजेन्सीको सहयोगमा

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.