कांग्रेसको छाया सरकार, यी हुन् प्रस्तावित मन्त्री

बैशाख २१, काठमाडौं । प्रमुख प्रतिपक्षी दल कांग्रेसले छाया सरकार गठनका लागि सांसदहरुबाट आवेदन मागेको चार महिनापछि सम्भावित मन्त्रीको नाम तय गरेको छ।२१ वटै मन्त्रालयमा छायामन्त्री बनाउने गरी नाम प्रस्ताव गरेको हो। प्रस्तावित छाया सरकारका मन्त्रीको सूचीलाई सभापति शेरबहादुर देउवाले अन्तिम टुंगो लगाएपछि एक–दुई दिनमै सरकार घोषणा हुनेछ।

प्रस्तावित छाया सरकारका मन्त्रीमा गगन थापा शिक्षा, विज्ञात तथा प्रविधि, ज्ञानेन्द्रबहादुर कार्की भौतिक पूर्वाधार, डा मिलेन्द्र रिजाल अर्थ, दिलेन्द्रप्रसाद बडू गृह, डा।नारायण खड्का परराष्ट्र, भीमसेनदास प्रधान रक्षा, उमाकान्त चौधरी स्वास्थ्य तथा जनसंख्या, मीन विश्वकर्मा उद्योग तथा आपुर्ती, उमा रेग्मी महिला बालबालिका, जितेन्द्रप्रसाद देव सूचना तथा सञ्चार, सञ्जय गौतम उर्जा तथा सिंचाई, किशोरसिंह राठोर वन तथा वातावरण, मानबहादुर विश्वकर्मा सामान्य प्रशासन, देबेन्द्रराज कँडेल पर्यटन, डा डिना स्रग्रौला कृषि तथा पशुपक्षी विकास, अख्तर मुसलमान कानुन, बहादुरसिंह लामा सहरी विकास, राजेन्द्र कुमार केसी युवा तथा खेलकुद, बद्री पाण्डे खानेपानी, पार्वती डिसी चौधरी श्रम तथा रोजगार, सुजाता परियार, लक्ष्मी परियार भूमि व्यवस्था, सहकारी छन्।

झण्डा, डन्डा र गाडी नपाउने भए पनि छायामन्त्री छान्न धरै गाह्रो भएको कांग्रेसका एक नेताले बताए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.