एनसेलको नाफा साढे तीन अर्बले घट्यो

वैशाख २०, काठमाडौं । दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको नाफा साढे तीन अर्ब रुपैयाँले घटेको छ। एनसेलको प्यारेन्ट कम्पनी आजियाटा मलेसियाले मंगलबार सार्वजनिक गरेको सन २०१८ को वार्षिक प्रतिवेदनअनुसार एनसेलको नाफा १८ अर्ब ९० करोड रुपैयाँबाट घटेर १५ अर्ब ३० करोडमा झरेको हो।

सन २०१७ मा १८ अर्ब ९० करोड रुपैयाँ नाफा गरेको एनसेलले सन २०१८ मा १५ अर्ब ३० करोड रुपैयाँमात्रै खुद नाफा गरेको प्रतिवेदनमा उल्लेख छ। प्रतिवेदनका अनुसार एनसेलको सन २०१६ मा नाफा २० अर्ब ३० करोड थियो। निरन्तर रूपमा घट्दै गएको एनसेलको नाफामा योपटक टेलिकम क्षेत्रमा बजेटमार्फत गरिएको करसम्बन्धी नीतिगत परिवर्तनले ठूलो असर पारेको प्रतिवेदनमा उल्लेख छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.