धोबीखोलाको जग्गा पनि व्यक्तिका नाममा

वैशाख २०, काठमाडौं । धोबीखोला वरपरको सरकारी जग्गा व्यक्तिका नाममा दर्ता भएको पाइएको छ । समाचारकाे अनुसार नक्सा संशोधनका नाममा मालपोत कार्यालयका कर्मचारीसगँको मिलेमतोमा खोलावरिपरिको जग्गा व्यक्तिका नाममा दर्ता गरिएको हो ।

नक्सा सुधारका नाममा करिब चार रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता भएको हो ।निलो पुल (गोपिकृष्ण हल) अगाडिको सरकारी जमिन नम्बर १०२–०९८७–१५ मा साबिक नक्सा भिडाई कायम साबिक धोबीखोला कित्ता नम्बर ४३ बाट रोपनी कटाएर व्यक्तिको कित्ता नम्बर ३० मा घुसाएर विजय सम्बाहाम्फे र नन्दमाया लिम्बूका नाममा नक्सा सुधार गरिएको लालपुर्जा दिएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.