अज्ञात रोगका कारण दुईको मृत्यु, दर्जनौं बिरामी

बाजुरा । हुम्लाको ताँजाकोट गाउँपालिकासंग जाडिएको बाजुराको हिमाली गाउँपालिकामा केही दिनयताबाट फैलिएको अज्ञात रोगका कारण दुई महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा हिमाली गाउँपालिका वडा नं. ५ क्युडीकी ४० वर्षीया सञ्चकला बुढा र सोहीगाउँपालिका नदापाटाकी ७५ वर्षीया हैकला भण्डारी रहेकाे हिमाली गाउँपालिकाका स्वास्थ्य इन्चार्ज धर्मबहादुर बुढाले जानकारी दिनुभयो ।

केही साता यता हिमाली गाउँपलिकाको छिमेकी जिल्ला हुम्लाको तांजाकोट गाउँपलिकामा महामारीका कारण १९ जनाको ज्यान गएको थियो । बाजुरा जिल्लाका छिमेकी गाउँपालिका मामहमारी फैलएपछि गाउँमाकतै महामारीनै होकी भन्ने अनुमान गरीएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र बुढाले बताउनुभयो ।

क्युडीमा सामान्य रुघाखोकीको प्रकोप देखिएकोले अहेब धनवहादुर फडेराको नेतृत्वमा आजै क्युडितिर स्वास्थयकर्मीको टोली पठाइसकेको स्चार्ज बुढाले जानकारी दिनुभयो । स्थानीयका अनुसार सोहीगाउँमा एक साता देखि फैलिएको रोगबाट दर्जनौ मानिस विरामी परेका छन् ।

बाजुराको सदरमुकाम मार्तडीवाट करिव ४० कोष पैदल दुरी पर्ने रुगिन स्वास्थ्य चौकीमा बिरामीको घुईचो छ ।अज्ञात रोगकाका कारण स्वास्थ्य चौकीमा उपचार गर्दागर्दै दुई महिलाको मृत्यु भएको हो । स्थानीयका अनुसार सामान्य टाउको दुख्ने ज्वरो आउने शिथिल हुने र नाखमुखवाट रगत आउने जस्ता लक्षण देखापरेको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.