जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एकको मृत्यु

वैशाख १९, सर्लाही । सर्लाहीमा जन्ती बोकेको टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा पर्ने गोडैतामा बिहिबार बिहान भएको दुर्घटनामा परी भारतको सीतामढी प्रितमपुरका ६० वर्षीय देवेन्द्र महतोको घटनास्थलमै ज्यान गएको हो ।

प्रहरी चौकी मधुवनगोठका अनुसार गौडेता नगरपालिका–३, भवानीपुरका पलट महतोको घरमा जन्ती सवार बीआर ३० पी ९९१८ नम्बरको टेम्पो दुर्घटना भएको हो । टेम्पो बिहान ५ बजे तिर अनियन्त्रित भई सडकबाट खेतमा खसेको हो ।

मृतकको शव पोष्टमार्टमका लागि सर्लाही जिल्ला अस्पताल मलङ्गवा ल्याइएको छ । घटनामा परी चालक र अन्य सवार घाइते भएको तर पक्राउ पर्ने डरले भागेको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.