३ सय नागरिकता रद्द गरिए

वैशाख १९, बाँके । सर्वाेच्च अदालतको आदेश अनुसार बाँकेमा ३०० नागरिकता रद्द गरिएका छन । विसं २०५४ मा तत्कालीन सरकारको निर्णयका आधारमा बनेको एउटा समितिले कानूनविपरीत नागरिकता वितरण गरेको भन्दै सर्वाेच्चले खारेज गर्न आदेश गरेको थियो । सो वर्ष ३४ हजार नागरिकता वितरण गरिएको र ती सबै खारेज गर्न सर्वाेच्चको आदेश छ ।

प्रमुख जिल्ला अधिकारी मदन भुजेलका अनुसार त्यसखालको २९९ रझेना, खजुराखुर्द र मनिकापुरका नागरिकता खारेजीमा परेका हुन ।

सर्वोच्चले २०५८ मा ती नागरिकता रद्द गर्ने फैसला गरेको थियो । फैसला कार्यान्वयन नभएको भन्दै एक साताअघि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा र पुरुषोत्तम भण्डारीको पूर्ण इजलासले नागरिकता वितरणमा रोक लगाउन पुनः आदेश जारी गरेपछि टोलीमार्फत वितरित नागरिकता रद्द गर्न थालिएकाे हाे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.