वैदेशिक रोजगारीबाट बिदामा आएकाको मृत्यु भए सरकारले सात लाख दिने

बैशाख १९, काठमाडाैं । सरकारले वैदेशिक रोजगारीमा गएका तर बिदामा आएका युवाको नेपालमै मृत्यु भएमा पनि ७ लाख रुपैयाँ बराबरको आर्थिक सहायता दिने तयारी गरेको छ।

सरकारले वैदेशिक रोजगार नियमावली संशोधन गरेर वैदेशिक राजगारीमा क्रममा बिरामी भइ उपचारका लागि नेपाल आएर मृत्यु भएमा पनि यहायता दिने तयारी गरेको हो।उपचारका क्रममा मृत्यु भएकामात्र नभइ साधारण बिदामा आएको अवस्थामा मृत्यु भएमा पनि युवालाई सहायता रकम दिनेगरी कानुनी व्यवस्था गर्न लागिएको छ।

वैदेशिक रोजगार बोर्ड सञ्चालक समिति बैठकले करार अवधिमा बिदा आएर स्वदेशमा मृत्यु भएका युवालाई सहायता दिनेबारे प्रस्ताव तयार गरेको बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले बताए।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.