बैशाख १८, काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्बको रिपो जारी गर्न लागेको छ । एक हप्ता अवधिको लागि जारी गर्न लागेको रिपो बोलकबोलबाट खरिद गर्न सकिने भएको छ ।
बोलकबोलमा खरिदकर्ता, बैंक तथा वित्तीय संस्थाले कम्तीमा पाँच प्रतिशत ब्याजदर कोट गर्नुपर्ने छ । बोलकबोल वैशाख १९ गते ३ बजे हुनेछ भने बिहीबार नै जारी हुनेछ । बजारमा लगानी योग्य रकम अभावको समस्या समाधान गर्न राष्ट्र बैंकले उक्त रकम पठाउन लागेको हो । राष्ट्र बैंकका अनुसार रिपो वैशाख २६ गते परिपक्क हुनेछ ।

