बैशाख १८, टीकापुर । कैलालीमा करेन्ट लागेर बुधबार एकको मृत्यु भएको छ । छिमेकीको घरमा वत्ती वाइरिङ गर्ने क्रममा टीकापुर नगरपालिका ६ का छोटु चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।
करेन्ट लागेर गम्भीर घाईते भएका चौधरीलाइ उपचारका लागि टीकापुर अस्पताल लगिएको थियो । तर अस्पताल पुगेको केही छिनमै उनलाइ डाक्टरहरुले मृत घोषणा गरेका थिए ।
अहिले चौधरीको शव पोष्टम्यार्टमका लागि टिकापुर अस्पतालमा राखिएको जिल्ल प्रहरी कार्यलय कैलालीले जनाएको छ ।

