चिनियाँ राष्ट्रपति चिनफिङबाट स्वागत

वैशाख १४, बेइजिङ ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘अन्तर्राष्ट्रिय सहयोगका लागि दोस्रो क्षेत्र तथा मार्ग मञ्च’ मा आज सहभागी हुन आउनुभएका विभिन्न मुलुकका सरकार तथा राष्ट्र प्रमुखहरुलाई यान्ची ताल अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्रमा स्वागत गर्नुभयो ।

राष्ट्रपति विद्यादेवी भण्डारी पनि यस सम्मेलनमा आयोजना हुने गोलमेच बैठकमा सहभागी हुन बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट करीब ३५ किलोमिटर पर रहेको उक्त सम्मेलन केन्द्रमा आइपुग्नुभयो ।

बेइजिङको बाहिरी भागमा यान्सी नदीको किनारमा रहेको यो केन्द्र विकास तथा पर्यावरणीय प्रदर्शनीकक्षको रुपमा लिइन्छ । (रासस)

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.