तामाङ कथानक चलचित्र “छार ग्यालाम” प्रर्दशन हुँदै

बैशाख १३, काठमाडौं । पछिल्लो समयमा फरक कथाबस्तुका साथै ठुलो लगानीमा निर्माण भएको तामाङ कथानक चलचित्र छार ग्यालाम प्रर्दशनको तरखरमा रहेको छ ।

पत्रकार सम्मेलन गरी चलचित्रका सम्वन्धमा जानकारी दिदै चलचित्र छार ग्यालाम बैशाख १६ गते काठमाडौंको राष्ट्रिय नाचघर जमलमा प्रर्दशन गरिने निर्माण पक्षले जनाएको छ । पविना तामाङ र दिपा वाइवाको मुख्य निर्माण रहेको उक्त चलचित्रमा सह निर्मताको रुपमा बुद्ध माया तामाङ, इन्द्रमाया तामाङ र कुमारी तामाङको रहेको छ । चलचित्रमा चर्चित नायक कुमार मोक्तान, राहुल मोक्तान र नायिका सुनिता लुङ्बा र संगिता दोङको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा अन्य कलाकारहरु धुर्व तामाङ, गोकुल तामाङ, हस्त बहादुर तामाङ, दिपा वाइवा, सुर्य बहादुर तामाङ र प्रकाश श्रेष्ठको समेत अभिनय रहेको चलचित्र निर्माण पक्षले जनाएको छ ।

कोशीपारी फिल्म प्रा.लिको प्रस्तुतिमा सागर लामा गोलेको छार ग्यालाम दुई भाषामा निर्माण भएको छ । कथा तथा पट कथा रहेको चलचित्रमा धन बहादुर तामाङ (सागर) आफैले निर्देशन गरिएको छ भने बुद्ध स्याङवा, सुदिप न्यासुर र प्रयास दोङको संगीत रहेको छ । लक्ष्मण घिमिरेको छायांकन गरेको उक्त चलचित्रमा तुल्सी बास्कोटाको सम्पादन रहेको छ । रमेश थापा र विर वहादुर लामाको नृत्य निर्देशन रहेको चलचित्रमा तीन गीत समेटिएको छ । चलचित्रमा द्वान्द राजु किराँतले गरेका छन् ।

पत्रकार सम्मेलनमा तामाङ चलचित्र संघका अध्यक्ष विकु थोकरले कुनै पनि तामाङ चलचित्रकर्मी आफ्नो लगानी डुव्ला भनी आतिनु नपर्ने बताएका थिए। तामाङ चलचित्र निर्माण गर्दा डुब्छ भनेर आत्तिनु पर्ने अवस्था नभएको उल्लेख गरे । तामाङ चलचित्रहरु देश तथा विदेशमा पनि सहज रुपले प्रर्दशन गर्न सक्ने वातावरण मिलाई लगानी सुनिश्चित गर्नका साथै चलचित्र प्रर्वद्धनमा संघ लाग्ने प्रतिवद्धता गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.