एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारे

बैशाख १३, काठमाडौं । साइप्रसका एक व्यक्तिले सात महिलाको हत्या गरेको आरोप स्विकारेका छन । यसलाई साइप्रसमा भएको श्रृङ्खलाबद्ध हत्याको पहिलो मामला भएको स्थानीय सञ्चारमाध्यमले जनाएको छ ।

दुईवटा शव यसै महिना बाटोमा भेटिएका थिए भने तेस्रो बिहिबार भेटिएको थियो । संदिग्ध ३५ वर्षिय ग्रीक–साइप्रस मूलका सैन्य अधिकारीले थप हत्या गरेको कुरा स्विकारेका छन । उनले दिएको सूचनाको आधारमा प्रहरी बाँकी शवको खोजीमा जुटिरहेको छ ।

श्रृङ्खलाबद्ध हत्यामा ज्यान गुमाउनेमा रोमानियाकी एक महिलाका साथै उनकी आठ वर्षकी छोरी पनि छिन । हत्या गरिएकी अर्की महिलाको पनि ५ वर्षीया छोरी हराइरहेकी छिन । अनुसन्धानकर्ताले बिहिबार नै तेस्रो महिलाको शव बरामद गरेको छ ।

संदिग्ध आफैंले अनुसन्धानकर्तालाई सो स्थानमा लिएर गएका थिए । अहिलेसम्म शव बरामद गरिएका तीन महिला फिलिपिन्स मूलका भएको जनाएको छ । तर संदिग्ध्को नाम अहिलेसम्म सार्वजनिक गरिएको छैन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.