आफ्नो जन्मोत्सव मनाउदै गायक सुरेशले गासे मितेरी साइनो

बैशाख १३, मेलम्ची । आफ्नो जन्मोत्सव मनाउदै गरेको उपलक्ष्यमा लामो समय एउटै क्षेत्रमा संगै कामगरेको साथी संग गायक तथा सर्जक सुरेश तामाङले मितेरी साइनो गासेको छ ।

२०७६।०१।१२ गते २५औँ वसन्त पार गरेर २६औँ वसन्त मा अगामन गरेको उपलक्ष्यमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका १२ स्थित पिता दिल बहादुर तामाङ र माता सुनमाया तामाङको कोखबाट जन्मेका गायक सुरेश तामाङले आफ्नो जन्मदिन मनाउने क्रममा आफूसङ्गै १८ महिना एउटै क्षेत्रमा आबद भएर काम गरेको सिन्धुपाल्चोक जिल्ला हेलम्बु गाउँपालिका ४ निबासी सुमन तामाङ सङ्ग मितेरी साइनो गासेको छ। गायक तामाङले यस कार्यक्रम आयोजना गरेकोमा आफ्नो जीवन सङ्गिनी फुलमाया तामाङलाई धन्यवाद दिनुका साथै आफुलाइ जन्म दिएर यो संसार देखाउनुभएकोमा आफ्नो मातापितालाइ पनि धन्यवाद दिए ।

त्यसैगरि विभिन्न मध्यमबाट गायक तामाङ लाई शुभकामना दिने सम्पुर्ण शुभचिन्तक सुबेक्छुहरुमा पनि धन्यवाद व्यक्त गरे संगै आगामी दिनहरूमा आफ्नो संगितिक यात्रा लाई अझ मजबुत बनाएर अगाडि बढ्ने र संगितको माध्यम बाट सिन्धुलाई चिनाउन भुमिका खेल्ने बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.