यूएईसँग नयाँ श्रम सम्झौता हुँदै

बैशाख १३, काठमाडौं । नेपाल र साउदी अरब इमिरेट्स (यूएई) बीच नयाँ श्रम सम्झौता हुने भएको छ । सम्झौताको अन्तिम मस्यौदामा बिहीबार सहमति जुटेको छ ।नेपाल र यूएईका उच्चस्तरीय श्रम अधिकारी संलग्न प्राविधिक समितिको बैठकले नयाँ सम्झौताको अस्यौदा टुंगो लगाएको हो ।

मस्यौदामा प्राविधिक टोलीका सदस्यले हस्ताक्षर गरेका छन्। दुबै देशको मन्त्रीस्तरीय बैठकले मारित गरेपछि मस्यौदामा दुई देशबीच हस्ताक्षर हुनेछ । एक महिनाभित्र हस्ताक्षर गरी सम्झौता कार्यान्वयन गर्ने सहमति भएको छ ।

यसैबीच साउदी अरबको दमामस्थित क्षेत्रीय श्रम कार्यालयले तीन महिनाभित्र विदेशी कामदारलाई स्वदेश फर्काउन अजमिल कस्ट्रक्टिङ कम्मपनीलाई निर्देशन दिएको छ । कम्पनीमा ११ सय ६३ नेपाली कामविहीन भएर स्वदेश फर्किने दिन कुरिरहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.