बोक्सी भन्दै कुटे ६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई

बैशाख १३, काठमाडौं । बोक्सी र बोक्सा आरोपमा कुटपिट हुँदा मोरङको सुन्दरहरैंचा नगरपालिका ११ का वृद्धवृद्धा घाइते भएका छन ।

६० वर्षीय वृद्ध र उनकी श्रीमतीलाई एकै परिवारका चार सदस्यले कुटपिट गरेका हुन । वृद्धा बेहोस भएर घटनास्थमै ढलेको प्रहरीले जनाएको छ । दुवै जनालाई उपचारका लागि नोबेल अस्पताल बेलबारीमा भर्ना गरिएको थियो । त्यसपछि वृद्धालाई विराटनगरको कोसी अस्पताल ल्याएर थप उपचार गरिएको छ ।

उनलाई संरक्षण दिने कोकन नेपालको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । घरमा उनीहरु दुई जना मात्र बस्दै आएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.