बैशाख १३, एजेन्सी । कप्तान दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सले ३ विकेटले पराजित गरेको छ । कोलकताकोे घरेलु मैदान इडेन गार्डेनमा टस जितेर फिल्डींग रोजेको राजस्थानले ४ बल बाँकी हुँदै कोलकताले दिएको १७६ रनको लक्ष्य पछ्याएको थियो । राजस्थानका लागि रियान परागल ४७, अजिंक्य रहाणे ले ३४ र जोफ्रा आर्चरले अविजित २७ रन बनाए ।
कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनाएको थियो । कोलकता कप्तान दिनेश कार्तिकले ९७ रन बनाए । ३ रनले उनले शतक चुकाए । त्यस्तै नीतेश राणाले २१ रन बनाए । कोलकताले निर्धारित २० ओवरमा छ विकेट गुमाएर १७५ रन बनायो । खेल जित्न राजस्थानलाई अन्तिम ओभरमा ९ रन चाहिएको थियो । सो ओभरमा राजस्थानका जोफ्रा आर्चरसँग पास स्ट्राइक रहेको थियो । कोलकाताका प्रसिद्ध कृष्णाले बल प्रहार गरेपछि आर्चरको बेडको बाहिरी किनारमा लाज्ञ्ो । स्लिप फिल्डर्सको माथिबाट बल थर्ड मेन बाउन्ड्रिको बाहिर निकल्दै चौका प्रहार हुन पुज्ञ्ो । अब राजस्थानलाई जितका लागि ४ बलमा ५ रन मात्रै चाहिएको थियो । अन्तिम ओभरको दोस्रो बलमा पनि जोफ्रा आर्चरले छक्का प्रहार गरेपछि राजस्थानले रोमाञ्चक जित निकालेको थियो ।
आर्चरले १२ बलमा २ चौका र २ छक्कासहित २७ रन अविजित बनाए । राजस्थानका रियान परागले ३१ बलमा ५ चौका र २ छक्का प्रहार गर्दै ४७ रनको योगदान गरे । योसँगै ११ खेलमा ४ खेल जितेको राजस्थान ८ अंकसहित ७ औँ स्थानमा छ भने बराबर जितेको कोलकता ६ स्थानमा छ ।

