त्रिभुवन विमानस्थलबाट गाेली र बन्दुकसहित विदेशी नागरिक पक्राउ

बैशाख १३, काठमाडौं । पोल्याण्डका नागरिक हतियारसहित पक्राउ परेका छन । कतार एयरको उडानबाट काठमाडौं आएका पोल्याण्डका नागरिक बुधबार साँझ विमानस्थलस्थित भन्सार कार्यालयबाट पक्राउ परेका हुन ।

एडोम रज्जर एडाड्मुस नामका उनलाई बन्दुक जस्तो देखिने कालो रङ्गको हतियार एक थान र तीन थान १७७ क्यालिबरको गोलीको प्याकेटसहित भन्सार कार्यालयका कर्मचारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रकाउ गरेको हो ।

उनको हाते ब्याग जाँच गर्ने क्रममा सो हतियार फेला पारेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । पक्राउ परेका एडोम रज्जर एडाड्मुसको विषयमा महानगरीय प्रहरी वृत्त गौशालाले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.