बैशाख १३, काठमाडौं । बिरामीका लागि चिकित्सक देवता हुन । चिकित्सकले राम्रोसँग बोलिदिए र राम्रो व्यवहार गरिदिए बिरामीको मनोबल झन बढ्छ, पीडा अलिकति भए पनि कम हुन्छ ।
नेपाल मेडिकल काउन्सिलको तथ्यांकअनुसार देशभर २१ हजार ४ सय बढी चिकित्सकले नाम दर्ता गराएका छन । केही चिकित्सकले बिरामीलाई वास्ता नै नगरेको पाइएको छ । चिकित्सकले वास्ता नगर्दा बिरामी झन प्रताडित बन्दै गएका छन ।
नेपाल मेडिकल काउन्सिलका अनुसार चिकित्सकविरुद्ध ६० वटा उजुरी परेका छन । नेपाल मेडिकल काउन्सिलका सदस्य डा। ढुण्डिराज पौडेलले चिकित्सक पेसाप्रति इमानदारी हुनु जरुरी रहेको बताए । उनले चिकित्सकले आचारसंहिता उल्लंघन गरेको भेटिए र उपचारका क्रममा लापरबाही गरेको प्रमाणित भए कारबाही हुने बताए ।

