०७२ काे भूकम्पपछि ४५ हजार परकम्प, किन आइरहेको छ परकम्प ?

बैशाख १२, काठमाडौं । भूकम्पविद्हरुका अनुसार अहिले आइरहेका परकम्पहरु भूकम्प नभएर ‘आफ्टरशक’ अर्थात परकम्प हुन्।

०७२ वैशाख १२ मा गोरखाको वारपाकलाई केन्द्रविन्दु बनाएर ७।६ म्याग्नीच्युडको भूकम्प गएको थियो। अमेरिकी वैज्ञानिक संस्था यूएसजीएसले भने उक्त भूकम्पलाई ७।८ म्याग्निच्युड भनेको छ।

चार वर्षकाबीचमा कुनै महिना दिनहुँजसो धेरै संख्यामा र कुनै महिना दिन बिराएर परकम्प आएको राष्ट्रिय भूकम्प तथा अनुसन्धान केन्द्रले जनाएको छ।

ठूला भूकम्पछि २० औँ वर्षसम्म पनि परकम्प आइरहने भएकाले सामान्य रुपमा लिनु पर्ने सापकोटाको भनाई छ। नेपालमा १९९० र ०४५ सालका शक्तिशाली भूकम्पपछि पनि धेरै वर्षसम्म परकम्प गएका थिए।

केन्द्रका भूकम्पविद भरत कोइरालाका अनुसार जति ठूलो भूकम्प जान्छ, त्यति नै धेरै परकम्प लामो सयमसम्म आइरहन्छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.