जातिय विभेद चिर्न राज्यमन्त्री मण्डलले गरे डोम समुदायकी छाेरीकाे कन्यादान

बैशाख ११, सिरहा । प्रदेश न‌ दुईका उधोग वन तथा वातावरण राज्य मन्त्री सुरेश मण्डलले डोम समुदायको एक छोरीलाई कन्यादान गरेका छन ।

सिरहाको कल्याणपुर नगरपालिका–३ कुशे मल्लिककी २१ वर्षिया राधा मल्लिकको कन्यादान गरी मिथिला परम्परा अनुसार विवाह सम्पन्न गराएका हुन । राज्य मन्त्री सुरेश मण्डलले विवाहका सम्पूर्ण खर्च तिरेर आदर्श विवाह गराई दिएको वेहुलीका पिता कुशे मल्लिकले बताए ।

समाजमा हाल सम्म विधमान रहेको छुवाछुत प्रथालाई अन्त्य गर्नको लागि आफूले अभिभाकत्व जिम्मेवारी बहन गरेको राज्य मन्त्री मण्डलले बताए । समाजमा तल्लो र माथ्लाे जात भनेर हेप्ने चलन रहेको छ । त्यसलाई अन्त्य गर्न र समाजमा साकारात्मक प्रभाव परोस भन्ने उद्देश्यले यो कन्यादान गरेको उनले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.