एक सुधारगृहमा मानशिक रोगी मृत भेटिए

बैशाख ११, जनकपुरधाम । जनकपुरको क्याम्पस चौकस्थित रिलीफ नेपाल नामक सुधार गृहमा एकजनाले झुंडिएर आत्माहत्या गरेपछि मृतकका परिवार र सुधार गृह संचालक विचको विवादले उग्र रुप लिएको छ ।

स्थाई घर सर्लाही इस्वरपुर नगरपालिका वार्ड ५ फुलजोर भएका ४५ वर्षीय राजन घिमिरेलाइ उनको परिवारले आइतवार मात्रै सुधार केंद्रमा राखेका थिए । तर मंगलवार साँझ उनले आत्माहत्या गरेपछि परिवारसुधार केन्द्रका संचालकले मृतकका परिवारलाइ फोन गरेर जानकारी दिएका थिए ।

सर्लाहीबाट आएका मृतक परिवारजन सँगै दुइ दर्जन भन्दा बढ़ी व्यक्तिहरु जनकपुर जालान मेडिकल स्थित औसधि पसलमा तोड़ फोड़ गर्नुका साथै यहाँ कार्यरत कर्मचारीलाई कुटपिट समेत गरेका छन । जनकपुरमा तनाव सृजना भएपछि अवस्थालाइ नियंत्रणमा गर्न जालान मेडिकल हलमा अहिले नेपाल प्रहरी र शसस्त्र प्रहरी खटाईएको छ ।

जालान मेडिकल हलका संचालक सुमित जलानले भन्नु भयो- ‘घटना भएको एक घण्टा भित्रै नै हामीले मृतक परिवारजनलाइ खबर गरेको तर राति कोही नआएपछि हामीले लासलाइ सुधार गृह मैं छोड़िएको थियो । आज बिहान परिवारका व्यक्ति र धनुषा प्रहरीको उपस्थितिमा लाशलाइ मुचलका उठाएर पोस्टमार्टमको लागि आज जनकपुर अंचल अस्पतालमा पठाएका छौं ।’

जलान मेडिकल हलमा कार्यरत डाक्टर शिरीष आर्याल , नवीनसाह , सुरेन्द्र यादवले संचालन गरेको सुधार गृहमा सीलिंग पंखामा ओछ्याउने तन्नाले घाँटी बेरिएर झुंडिएको अवस्थामा उनी मृत भेटिएका थिए ।

मृतका परिवार र सर्लाहीबाट आएका व्यक्तिहरुले जलान मेडिकल हलमा पुगेर आज त्यहाँ कार्यरत रूपेश साह र सोही सुधार गृहमा हेरचाह गर्दै आएका सुरेन्द्र यादवलाइ समेत कूटपिट गरेका छन ।

यता धनुषा प्रहरीका प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोले भने घटनामा गहिरो अनुसन्धान गर्न सुझाव दिएका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.