बैशाख ११, काठमाडौं । ठगी मुद्दामा फरार प्रतिबादीलारि प्रहरीले भक्तपुर ठिमीबाट पक्राउ गरेको छ । बाग्मती बहूद्देश्यीय सहकारी संस्था लिमिटेडका सदस्य कीर्तिपुर नगरपालिका-१३ बस्ने ३८ वर्षीय कृष्ण कुवँरलाई मंगलबार प्रहरीले पक्राउ गरेको हाे ।
कुवँर ललितपुर जिल्ला अदालतबाट २०७३ फागुन ११ गतेको फैसलाले ठगी मुद्दामा १ वर्ष कैद तथा ६ लाख २८ हजार ६ सय ९ रुपैयाँ जरिवाना ठहर भएपछि फरार रहेका थिए । उनलाई प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगंजबाट खटिएको प्रहरीले भक्तपुर ठिमीबाट फेला पारी पक्राउ गरेको हो ।
कृष्णलाई ललितपुर जिल्ला अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय नख्खु ललितपुर पठाइएको छ ।

