बैशाख ११, जनकपुर । बुधबार बस्ने भनिएको प्रदेश २ को बैठक स्थगित भएको छ । तेस्रो अधिवेशन अन्तर्गतको आज बश्ने भनिएको प्रदेश सभाको बैठक बस्नुअघि नै स्थगित भएको हो ।
प्रदेश सभा सचिवालयले दिएको जानकारी अनुसार आज दिउँसो ३ बजेका लागि बोलाइएको बैठक १६ गते आइतवार दिनको २ बजे बस्ने गरी स्थगित भएको छ । आज को बैठक १६ गते २ बजेको लागि सारीएको छ प्रदेशसभाका सचिव रञ्जित यादवले भन्नुभयो ।
यस अघि वैशाख ३ गते बसेको बैठक प्रतिपक्षी दल नेकपा र कांग्रेसले अबरुद्ध गरेको थिए ।
उनीहरूले जनता आवास कार्यक्रम कार्यान्वयन र वीपी उद्यान मुद्दाको सम्बोधन नभएको भन्दै बैठक अवरोध गरेका थिए ।

