प्रारम्भ खबर ।
बैशाख ११, काठमाडौं । गोकर्णेश्वर नगरपालिका स्थित जगडोलमा आज विहान ट्रक पल्टिदा एक जना कामदारको मृत्यु भएको छ भने ३ जना घाईते भएका छन् ।

बा २ क ५५० को ट्रक टिप गरेर फर्किने क्रममा ओरालो मोडमा अनियन्त्रित भई सडकबाट करिब २० मिटर तल कारखानामा खसेको थियो । ट्रक चालक र सहचालक अगाडी सिटमा रहेको र कामदार पछाडि रहेको अवस्थामा दुर्घटना हुँदा सोही ट्रकले किचेर कामदारको मृत्यु भएको प्रहरीको भनाई छ । मृतकको सनखत भने भईसकेको छैन्, अहिले घाईते चालक र सहचालकको मेडिकल शिक्षण अस्पताल अत्तरखेलमा उपचार भईरहेको छ ।

तस्बीरः सुजन पाख्रिन

