बैशाख १०, काठमाडौं । निमोनियाका कारण साकेला गाउँपालिका–३ खिदिमाका वडाध्यक्ष मणिकुमार राईको मृत्यु भएको छ । गत चैतदेखि बिरामी हुनुभएका ३९ वर्षीया वडाध्यक्ष उनको उपचारका लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनेक्रममा सोमबार साँझ बाटैमा मृत्यु भएको हो । शुरुमा रुघाखोकीले थलिएका राईमा विस्तारै विषमज्वर र निमोनिया भएको स्वाथ्यकर्मीले बताएका छन ।
गाउँमा रहेको स्वास्थ्यचौकीमा उपचार हुन नसकेपछि थप उपचारका लागि दिक्तेल ल््याउने क्रममा सौर्य भन्ने ठाउँमा ल्याइपु¥याउँदा राईको मृत्यु भएको आफन्तले बताएका छन । उनको बाटैमा मृत्यु भएपछि आफन्तले गएराति नै घर फर्काएका र अन्तिम श्रद्धाञ्जलीका लागि उनँको पार्थिव शरीर अहिले घरमा राखिएको गाउँपालिका प्रमुख अर्जुनकुमार खड्का ‘झकार’ले बताए । श्रद्धाञ्जलीका लागि जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला नेता कार्यकर्ता स्वर्गीय वडाध्यक्ष राईको घर पुगेका छन ।
श्रद्धाञ्जलीसभापछि आजै उनको दाहसंस्कार गरिने आफन्तले बताएका छन । तत्कालीन नेकपा एमालेबाट वडाध्यक्षमा विजयी राई उक्त पार्टीका जिल्ला सदस्य थिए । पार्र्टीको युवा तथा विकासप्रेमी नेता गुमेकोप्रति नेपाल कम्युनिष्ट पार्टी ९नेकपा०ले दुःख व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गरेको छ ।

