बैशाख १०, काठमाडौं । आन्दोलनरत राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र सरकारबीचको वार्ता निष्कर्षविहिन टुङ्गिएको छ । धर्म निरपेक्षता खारेजीलगायतका २२ बुँदे माग राखेर आन्दोलन चलाइरहेको राप्रपा र सरकारबीच भएको वार्ता सैद्धान्तिक विषयमा छलफल नै नभई टुङ्गिएको हो ।
मंगलबार बसेको बैठक निष्कर्षमा पुग्न नसकेकोले एकहप्ताभित्रै अर्को बैठक बस्नेगरी आजको बैठक सकिएको राप्रपा प्चारपसा विभागले जनाएको छ । वार्तामा सरकारी वार्ता टोलीका संयोजक कानुनमन्त्री भानुभक्त ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र अतिक्रमित हुने मागमा पुनर्विचार गर्न आग्रह गर्नुभएको थियो ।
सरकारसँगको वार्तापछि राप्रपाले आन्दोलनको कार्यक्रम स्थगित गरेको छ ।

