बैशाख १०, काठमाडौ । मंगलबार सुनको भाउ घटेको छ । सोमवार तोलामा ५९ हजार ६ सय रुपैयाँमा कारोबार भएको सुन मंगलवार घटेर ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार छापावाल सुनको भाउ तोलामा ३ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुन तोलाको ५९ हजार रुपैयाँ रहेको भने चाँदी तोलामा ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।

