मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारी आन्दोलित

बैशाख ९, काठमाडौं । मानव अंग प्रत्यारोपण केन्द्रका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन्। नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले विज्ञप्ति जारी गर्दै आन्दोलनमा उत्रिएको जनाएको हो।

आफ्ना मागहरु पूरा नगरेको भन्दै युनियनले शान्तिपूर्ण आन्दोलनको घोषणा गरेको जनाएको छ। प्रत्यारोपण केन्द्र प्रशासनसँग पाँच महिनादेखि पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कर्मचारीहरुलाई नै सहभागी हुने मौका दिनुपर्ने लगायतका माग कर्मचारी युनियनले राख्दै आएको थियो।

केन्द्रको वैशाख ५ गते बसेको बैठकले कुनै पनि माग पूरा नगरेकोले आफूहरुले शान्तिपूर्ण आन्दोलनमा उत्रिन बाध्य भएको स्वास्थ्यकर्मी तथा कर्मचारी युनियनले जनाएको छ।आन्दोलन स्वरुप नर्सहरु कालो पट्टी लगाएर आन्दोलनमा उत्रिएका छन्। यदि माग पूरा नभए आकस्मिक बाहेकका सेवा बन्द गर्ने चेतावनी युनियनले दिएको छ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.