बैशाख ९, काठमाडौं । तारा एयरको विमान रामेछाप विमानस्थलमा अवतरणको क्रममा दुर्घटना भएको छ । तारा एयरको ‘नाइन एन– ८८८ कल साइन’ भएको डोर्नियर विमान दुर्घटनामा परेको हो।
सोलुखुम्बुको लुक्लाबाट रामेछाप आएको तारा एयरको ९–एन एकेके कल साइनको विमान ‘ल्यान्डिङ गियर’ फेल भएर धावनमार्गबाट चिप्लिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निर्माण कार्य भइरहेकाले विमानहरूले लुक्लाका लागि मन्थलीबाट उडान भर्दै आएका छन् । १४ यात्रु सवार सो विमानका सवै यात्रुहरुलाई सकुशल उद्दार गरिएको मन्थली विमानस्थल कार्यालयले जनाएको छ ।

