प्रधानमन्त्री ओलीद्वारा श्रीलंका बम आक्रमणप्रति दुःख व्यक्त

बैशाख ८, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीलंकामा भएको श्रृंखलाबद्ध बम आक्रमणप्रति गहिरो दुःख व्यक्त गरेका छन्। श्रीलंकामा आइतबार विहान राजधानी कोलम्बोसहित तीन जिल्लाका चर्च र होटलमा श्रृखंलाबद्ध बम आक्रमण हुँदा १३८ जनाको मृत्यु भएको छ भने ५ सय भन्दा बढी घाइते छन्।

घटनापछि सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रधानमन्त्री ओलीले आफ्ना समकक्षी रनिल विक्रमासिंघेमार्फत शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरेका छन्। उनले घाइतेको शिघ्र स्वास्थ्यलाभको कामना समेत गरेका छन्।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.