नियम विपरित राष्ट्रपति भण्डारी, निषेधित क्षेत्रमा फोटो सेसन

बैशाख ८, भक्तपुर । राष्ट्रपति विद्यादेवी भण्डारीले फोटो खिच्न निषेध गरिएको स्थानमा फोटो खिचेपछि विवादमा पर्नुभएको छ । राष्ट्रपति भण्डारीले फोटो निषेध गरिएको स्थान भक्तपुरको तलेजु मनदिर मूलचोकको प्रवेशद्वारमै फोटो खिचाएपछि विवादमा पर्नुभएको हाे ।

कुनैपनि ब्यक्तिले फोटो खिच्न नपाईने सो स्थानमा राष्ट्रप्रमुख जस्तो पदमा रहेको जिम्मेवार ब्यक्तिले फोटो खिचेर नियमको उल्ङ्घन गरेको भन्दै धेरैले यसको विरोध गरिरहेका छन । उहाँहरुकाे फोटाे सामाजिक सन्जालमा पनि भाइरल भएकाे छ ।

अहिले सामाजिक सन्जालमा भाइरल भएको फोटोमा राष्ट्रपति भण्डारीसहित भक्तपुर क्षेत्र नं २ का संघीय सांसद महेश बस्नेत, प्रदेश नं ३ का सांसद सरस्वती बाटी, जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलाल, भक्तपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्ट, भक्तपुर उद्योग वाणिज्य संघका अध्यक्ष रामप्रसाद प्रजापति, सचिव राजुमृग्रेन्द्र जोशी, तलेजुका कर्माचार्य नाइके सिद्धिवीर कर्माचार्य देखिनु भएकाे छ ।

स्थानीयका अनुसार सर्वसाधरण तथा पर्यटकहरुले फोटो खिच्न मनाही गरिएको र यदी खिचिहाले डिलिट गर्न लगाउने गरेका थिए । तर राष्ट्रपतिलाई भने नेपाली सेनाका जवानहरुले फोटो खिच्न दिएर नियम मिचेको भन्दै सामाजिक संजालमा आपत्ति जनाएका छन । मन्दिरको मुख्यद्वारमा दायाँतिर ठूलै बोर्डमा फोटो खिच्न हनाही भनेर पनि सुचना बोर्ड राखिएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.