प्रहरीसँगको सेटिङमा रत्नपार्कमा खुलेआम पैसा उठाइन्छ !

बैशाख ८, काठमाडौं । काठमाडौंमा पैसा कमाउन पेशा व्यवसाय गर्ने भन्दा विभिन्न बाहानामा ठगी गर्नेको जमात ठूलो छ । हरेक क्षेत्रमा मतियार बनेर ठगी गर्ने प्रवृत्ति डर लाग्दो छ । काठमाडौंको रत्नपाक कलंकी रुटमा चल्ने हरेक सवारी साधनले एक व्यक्तिलाई दैनिक ५० रुपैयाँ दिनुपर्छ । विहानको समयमा रत्पार्कमा पुगेर सबै गाडीसँग यसरी पैसा असुल्ने कृष्णप्रसाद घिमिरे न ट्राफिक प्रहरी हुन्, न महानगरका कर्मचारी हुन्, न यातायातसँग सम्बन्धीत कोही व्यक्ति नै ।

तर उनले हरेक दिन विहान ५० ओटा गाडीमा ५० रुपैयाँका दरले पैसा उठाउने गरेकोे उनि आँफै स्विकार्छन । उनले सवारी चालकलाई ट्राफिक प्रहरीले दुख नदीयोस भन्दै सेटिङ मिलाएको बहानामा पैसा लिने गरेको सवारी चालकहरु बताउँछन । पैसा नदिए समस्या पर्ने भन्दै धम्काउने गरेका छन ।

ट्राफिक प्रहरीसँग उनको राम्रो सेटिङ छ । उनलाई पैसा बुझाउनेलाई ट्राफिक प्रहरी चिट काट्दैन तर उनलाई पैसा नदिए ट्राफिक प्रहरी विना गल्ती चिट काट्छ । अचम्मको कुरा त के छ भने, उनले मागे अनुसार पैसा नदिएका एक सवारीचालकले घिमिरेले भने अनुसार नै ट्राफिकको कारवाहीदेखि जागिर नै धरापमा परेको बताउँछन ।

हामी रिपोटिङ गर्न पुगेपछि भने उनले अब पैसा नउठाउने बताएका छन । यसबाट सजिलै बुझ्न सकिन्छ यी व्यक्तिले उठाएको पैसामा कस–कसको भाग लाग्छ भनेर ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.