सगरमाथाको फोहर सेनाको हेलिकप्टरबाट काठमाडौंमा

बैशाख ८, सोलुखुम्बु । वैशाख १ गतेबाट शुरू भएको सगरमाथा सरसफाइ अभियान अन्तर्गत यस क्षेत्रमा संकलन गरिएको फोहर काठमाडौं पठाइएको छ । १२ औं अन्तर्राष्ट्रिय सगरमाथा दिवसको अवसरमा खुम्बुको क्षेत्रको लुक्लादेखि स्याङ्बोचेसम्म संकलन गरिएको करिब १ टन फोहर काठमाडौं पठाइएको हो । त्यस्तै एक टन फोहर ओखलढुंगा पनि पठाइएको छ ।

पासाङल्हामु गाउँपालिका, नेपाली सेना, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण विभाग, सगरमाथा राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र र सगरमाथा प्रदुषण नियन्त्रण समितिको सहभागितामा फोहर संकलन गरिएको थियो ।

संकलित फोहर मध्ये नकुहिने र प्रसोधन गर्न सकिने फोहर काठमाडौं र कुहिने फोहर ओखलढुंगा पठाइएको हो । नेपाली सेनाको हेलिकप्टरमार्फत फोहर काठमाडौं पठाइएको हो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.