बैशाख ८, काठमाडौं । । इन्डियन प्रिमियर लिग (आईपीएल) को ३७ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले किंग्स ११ पन्जाबविरूद्ध तीन विकेट लिएका छन् ।
शनिवार राती दिल्लीस्थित फिरोज शाह कोट्ला मैदानमा सम्पन्न खेलमा किंग्सइलाभेन पन्जावलाई ५ विकेटले पराजित गर्दै दिल्लीले प्ले अफ बलियो बनाएको छ । १ सय ६४ रनको लक्ष्य पछ्पाएको दिल्लीले २ बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको जितमा कप्तान श्रेयस ऐरले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ५८ रनमा अविजित रहे । शिखर धवनले ४१ बलमा ७ चौका र १ छक्का प्रहार गर्दै ५६ रनको योगदान दिए । धवनले कप्तान श्रेयस ऐरसँग दोस्रो विकेटका लागि ९२ रनको साझेदारी गर्दै सहज जित तर्फ लम्काएका थिए । चौथो ओभरको पहिलो बलमा धवनसँग रनको तालेमल नमिल्दा पथ्वी शा १३ रनमा रन आउट भए । कोलिन इनग्राम १९,ऋषभ पन्त ६ र अक्षर पटेल १ रनमा आउट भए ।
पन्जावका लागि हार्डस विलोजेनले २ र मोहम्मद शामीले १ विकेट लिए । चेन्नई ९ खेलमा ७ मा जित र २ मा हारका साथ १४ अंक जोड्दै शीर्ष स्थानमा छ । मुम्बई १० खेलमा ६ मा जित र ४ मा हारका दोस्रो स्थानमा छ । त्यस्तै दिल्ली १० खेलमा ६ मा जित र ४ मा हारका साथ तेस्रो स्थानमा यथावत रहेको छ ।
सन्दिपको ४ ओभरः
दिल्लीका लागि दोस्रो ओभरमा बलिङ गर्न उत्रिएका लामिछानेले पहिलो विकेटका रूपमा ओपनर लोकेश राहुलललाई आउट गरेका थिए । यस्तै, दोस्रो ओभरमा लामिछानेलाई वेष्ट इन्डिजका ब्याट्सम्यान क्रिश गेललाई आउट गरे । तेर्हौ ओभरको अन्तिम बलमा साम कुरानलाई आफैं क्याच गरेर सन्दीपले व्यक्तिगत तेस्रो विकेट लिए । लामिछानेले आफ्नो चार ओभर बलिङ गर्दा ४० रन खर्चिएर ३ विकेट लिएका हुन् । एजेन्सी

