काभ्रे सेल्फीडाँडामा टिपर दुर्घटना हुँदा एकको मृत्यु

बेशाख ७, काभ्रे । बिपी राजमार्गअन्तर्गत नमोबुद्ध नगरपालिका–२ सेल्फीडाँडामा आज बिहान बा३ख ५३९६ नंको टिपर दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ ।

धुलिखेलबाट भकुण्डेबेसीतर्फ जाँदै गरेको उक्त टिपर सटकबाट अन्दाजी ३०० मिटर तल खोचमा खस्दा टिपर धनी एवं चालक धादिङको थाक्रे गाउँपालिका–७ का ४५ वर्षीय केदारबहादुर बस्नेतको घटनास्थलमै मृत्युभएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.