हुरी
हुरी सरी आएँ म,
तिमीलाई लिएर उडेँ म
उडेर संसार सबै घुम्ने सपना
हाम्रो त हुरी नै त हो रोकिन्छ एकदिन
चाहे होस् जतिनै राम्रो सायद
तिमीलाई नि यो हुरीको बानी परेको थियो होला
सायद हुरीलाई नि एक्लै हिँड्ने बानीले छाडी सकेको होला
तर हुरी आखिर हुरी नै हो
एकै ठाउँमा सधै काहाँ हुन्छ र ?
आफूले चाहेर नि रोजेको ठाउँमा कहाँ रोकिन्छ र ?
आखिरमा फेरि भयौ तिमी एक्लै
अनि हुरि उड्न लाग्यो सधैँको झैँ एक्लै ।।
–जमुना न्यौपाने (सहकार्य मासिकमा प्रकाशित)

