पोखरामा बम डिस्पोज गर्ने क्रममा सैनिक अमलदार घाइते

बैशाख ५, पोखरा । बम डिस्पोज गर्ने क्रममा विस्फोट हुँदा पोखरामा एक जना सैनिक घाइते भएका छन् ।

पोखरा महानगरपालिका–३ स्थित प्रदेशसभा भवन नजिकै फेला परेको शंकास्पद वस्तु निष्कृय पार्ने क्रममा बिहीबार बिहान सैनिक अमलदार धर्म थापा घाइते भएका हुन् ।पोखरा नदीपुरस्थित प्रदेशसभा भवन अगाडि निषेधित क्षेत्रमा कागजको डल्लो बेरेर राखेको अवस्थामा ‘डेटोनेटर’ भेटिएको थियो । त्यसलाई निष्कृय पार्ने क्रममा आफैंले बोकेको बारुद पड्किंदा कालिभञ्जन गणमा रत्नमन्दिरका कार्यरत थापा घाइते भएका हुन् । थापाको हातका औंलामा क्षति पुगेको कास्की प्रहरी प्रवक्ता रवीन्द्रमान गुरुङले जानकारी दिए । प्रवक्ता गुरुङका अनुसार घाइते थापाको अहिले फिस्टेल अस्पतालमा उपचार भइरहेको छ ।

नेत्रविक्रम चन्द विप्लव समूहले आहृवान गरेको नेपाल बन्दका बेला पोखराका विभिन्न ठाउँम शंकास्पद वस्तु फेला परिरहेका छन् । पोखरा २९ लेखनाथ घोतघोतेमा शंकास्पद वस्तु फेला परेको थियो । उक्त वस्तुलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निष्कृय पारिसकेको छ । पोखरा ५ जिरो किमीमा समेत शंकास्पद वस्तु फेला परेको थियो । तर, प्रहरीले उक्त बस्तु बम नभएको पुष्टि गरिसकेको छ । पोखरा ९ न्यूरोड ट्रेड मल पछाडिसमेत शंकास्पद बस्तु फेला परेको प्रहरीले जानकारी दिएको छ । नेत्रबिक्रम चन्द विप्लव नेतृत्वको नेकपा समूहले गरेको नेपाल बन्दको प्रभाव पोखरामा देखिएको छ । निजी सवारीसाधन फाटफुट चलेपनि नजिक तथा टाढा चल्ने कुनैपनि सार्वजनिक बसहरु चलेका छैनन् । शैक्षिक संस्थाहरुसमेत पूर्ण रुपमा प्रभावित बनेका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.