नेपाल अब अन्तरिक्ष युगमा प्रवेश – प्रधानमन्त्री

बैशाख ५, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अब अन्तरिक्ष युगमा प्रवेश गरेको बताएका छन् ।

उनले आज बिहान ट्विट गर्दै भनेका छन्,‘‘आज बिहान २ः३१ बजे नेपालको पहिलो भूउपग्रह ‘नेपाली स्याट—१‘ प्रक्षेपण भएको छ । यो सँगै नेपाल पनि सेटलाईट प्रक्षेपण गर्ने मुलुकहरूको सूचीमा जोडिएको छ । यसको निर्माणदेखि प्रक्षेपणसम्म, मुलुकको श्रीबृद्धिमा संलग्न सबै वैज्ञानिक तथा नास्ट सहितका सबै निकायहरूलाई बधाई ज्ञापन गर्दछु ।”

प्रधानमन्त्रीले तस्बिर समेत राखेर अंग्रेजी र नेपाली भाषामा अलग अलग ट्विट गरेका छन् । यसैगरी सूचना तथा सञ्चार प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले समेत यस कार्यमा संलग्न सबैलाई ट्विटमार्फत बधाई दिएका छन् ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.