मोटरसाईकलमा लिफ्ट पाएकी किशोरी बाटैमा बलात्कृत

बैशाख ५, बुटवल । गएराती गुल्मीको छत्रकोट गाउँपालिकामा एक किशोरी बलात्कार गरेको आरोपमा एक पुरुषलाई प्रहरीले बीहिवार विहान पक्राउ गरेको छ ।

पाल्पाको तानसेन नगरपालिका–५ का ४१ वर्षीय हनुमान भन्ने अमिर मियाँले छत्रकोट गाउँपालिकाकी १५ बर्षिया किशोरीलाई गएराती बलात्कार गरेको आरोपमा पक्राउ गरि जिल्ला प्रहरी कार्यालयमा ल्याईएको प्रहरी प्रबक्ता प्रहरी निरीक्षक रविन्द्रबहादुर खड्काले जानकारी दिए ।

प्रहरी निरीक्षक खड्काका अनुसार पाल्पाबाट मोटरसाईकलमा गुल्मी तर्फ आउँदै गरेका मियाँले मोटरसाईकल रोकेर ति किशोरीलाई लिफ्ट दिई केही पर एकान्त स्थलमा लगेर बलात्कार गरेको आरोप लागेको छ । घटनाबारे अनुसन्धान भई रहेको खड्काले बताए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.