सवारी दुर्घटना हुँदा दुई मोटरसाइकल चालकको मृत्यु

बैशाख ५, चितवन । चीतवनमा सवारी दुर्घटनामा परी दुईको मृत्यु भएको छ भने एक घाइते भएका छन । जिल्लाको भरतपुर महानगरपालिका ११ गणेस्थानचोकमा आँपटारीबाट केन्द्रीय बसपार्कतर्फ आउँदै गरेको बा ४ ख ८१७६ नंको ट्रकले सडक पार गर्दै गरेको बा ४६ प ७८३० नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा इच्छाकामना गाँउपालिका ५ का ३७ वर्षीय रेशमबहादुर गुरुङ रहेका छन । उपचारका लागि भरतपुर अस्पतालमा लैजाँदै गर्दा उनको मृत्यु भएको हो । सोही ट्रकले ठक्कर दिएपछि मोटरसाइकल साइकलमा ठोक्किएर साइकलयात्रि भरतपुर–११ गणेस्थानका श्यामकुमार श्रेष्ठ घाइते भएका छन्।

ठक्कर दिने ट्रक र ट्रकका चालक जिल्ला प्रहरी कार्यालय चितवनको नियन्त्रणमा छ ।

त्यस्तै बुधबार साँझ ५ बजे पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा२ख २२४८ नंको हाइसले इच्छाकामना ४ लेवाटारमा विपरीत दिशाबाट आइरहेको ग ७ प ९३९८ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक गोरखाका ३७ वर्षीय शम्भु खड्काको मृत्यु भएको छ ।भरतपुर अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।

हाइससँग ठोक्किएपछि मोटरसाइकल चालक उछिट्टिएर पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ख १९१२ नंको अर्को हाइसमा ठोक्किएको थियो । दुवै हाइस र चालक प्रहरी प्रहरी नियन्त्रणमा रहेका छन ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.