मिक्स टिम इभेन्टमा आर्मीलाई स्वर्ण

बैशाख ४, नेपालगन्ज । आठौं खेलकुदअन्तर्गत १६ औं राष्ट्रिय जुडोको तेश्रो तथा अन्तिम दिन मंगलबार मिक्स टिम इभेन्टमा आर्मीले स्वर्ण जितेको छ । प्रहरी दोश्रो तथा प्रदेश ५ तेश्रो भए ।

एक टिममा ६–६ खेलाडीले एक आपसमा प्रतिस्पर्धा गरेका थिए । त्यसमा आर्मी र प्रहरीबीचको खेल ३–३ को बराबरीमा सकिएको थियो । स्कोरअन्तरका आधारमा आर्मी अगाडि रह्यो । आर्मीबाट पुरुषमा जंगबहादुर सारु, पवन श्रेष्ठ र शिव बराम तथा महिलामा सुमित्रा राई, निर्मला घर्ती मगर र पुनम श्रेष्ठले प्रतिस्पर्धा गरेका थिए । पुरुषमा सन्जित डंगोल, श्रीराम मकाजु र रविन श्रेष्ठ तथा महिलामा मनीता श्रेष्ठ प्रधान, भावना घर्ती मगर र निशा चौधरीले खेलेका थिए ।

१५ स्वर्णका लागि भएको प्रतिस्पर्धामा आर्मीले ७ स्वर्ण, ५ रजत र ३ कांस्य जित्यो । दोश्रो भएको आर्मीले ६ स्वर्ण, ४ रजत ४ कांस्य हात पार्‍यो । १ स्वर्ण, ३ रजत र ४ कांस्यसाथ प्रदेश ५ तेश्रो भयो । बाँकी १ स्वर्ण एपीएफले हात पार्‍यो । विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले एक कार्यक्रमबीच पुरस्कृत गरे ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.