बलिरहेको घुप खाटको कपडामा सल्किदा १ जनाको मृत्यु

बैशाख ३, दाङ । मच्छेर धपाउनको लागि बालिएको धुपले खाटको कपडामा सल्किदा १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दाङको राप्ती गाँउपालिका ७ सिसहनियाका ८० वर्षीय चिउरखन चौधरी रहेका छन ।

धुपमा बालिएको आगो चौधरी सुतिरहेको खाटको कपडामा लागि आगलागी हुँदा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।राती करिब ९ बजे लागेको आगलागीबाट चचौधरीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.