बैशाख ३, पोखरा । साथिलाई बलात्कार गर्ने चारजना युवा पक्राउ परेका छन । धादिङ घर भई पोखरामा बस्दै आएकी २२ वर्षीया युवतीले प्रहरीमा दिएको उजुरीको आधारमा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा राजन गैह्रे, सरोज श्रेष्ठ, अनिल गौंतम र राजु नेपाली रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । पक्राउ पर्ने चारै जनाले अपराध स्विकार गरीसकेका छन । उनीहरुले मादक पर्दाथ सेवन गरी बलात्कार गरेको हुनसक्ने प्रहरीको आशंका रहेको छ ।

