सरकारी जग्गा कीर्ते गर्नेलाई पानी मुनी गए पनि छोड्दैनौंः मन्त्री बाँस्कोटा

बैशाख ३, भैरहवा । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले बालुवाटार स्थित ललिता निवास सरकारी जग्गा किर्ते गरेर आफ्नो नाममा बनाउने जो कोहीलाई पनि नछोड्ने चेतावनी दिएका छन् ।

रुपन्देहीको मणिग्राममा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बोल्दै, मन्त्री बाँस्कोटाले सरकारी जग्गा दुरुपयोग गर्ने कोही कसैप्रति कुनै पद वा ओहदाप्रति, कुनै दल वा विचारप्रति सरकार नतमस्तक हुन नसक्ने बताउँदै कठोर कार्बाही गर्ने उद्घोष गरे । उनले भने, सरकारी जग्गा कीर्ते गरेर जसले आफ्नो नाममा बनाउने चेष्टा गर्‍यो, त्यस्ता व्यक्तिलाई पानीमुनि गएपनि छाड्दैनौं ।

बालुवाटारको जग्गाका सम्बन्धमा आफूले नेकपा महासचिव बिष्णु पौडेल ठगिनु भयो र सरकारले क्षतिपूर्ति दिनुपर्छ भन्ने कुरा आफूले नभनेको बताएका छन् । उनले सरकारले महासचिव पौडेललाई क्षतिपूर्ती दिन नसक्ने भन्दै स्पष्ट पारे । गत बिहिबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले नेकपा महासचिव विष्णु पौडेल ठगिएका हुन । उनले क्षतीपूर्ती पाउनु पर्छ भन्दै अभिब्यक्ति दिएका थिए ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.