सुप्रवल जङ्ग सेवा श्री तृतियको पदक डिआइजी आशा सिंहलाई

बैशाख ३, काठमाण्डौं । महिला स्वास्थ्यको क्षेत्रमा उल्लेखनीय योगदान दिएको भन्दै नेपाल सरकारले प्रहरी अतिरिक्त महानिरीक्षक (डिआइजी) डाक्टर आशा सिंहलाई सुप्रवल जङ्ग सेवा श्री तृतिय पदकबाट विभुषित गरेको छ ।

संविधान दिवसको अवसरका गत असोजमा घोषणा गरिएको सो पदक राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा वैशाख १ गते आयोजित कार्यक्रमबाट प्रदान गर्नुभएका थियोे । डिआइजी सिंह नेपाल प्रहरी अस्पतालमा महिला तथा स्त्री रोग विशेषज्ञको रुपमा कार्यरत हुनुहुन्छ, साथै उहाँले अस्पतालमा महिला तथा स्त्री रोगको उपचार केन्द्रको स्थापना समेत गर्नु भएको थियो ।

सो कार्यक्रममा सिंह सहित विभिन्न क्षेत्रमा योगदान गरेका अन्यलाई पनि विभूषित गरिएको थियो ।

Chagunarayan
Satkar Media House
Leave A Reply

Your email address will not be published.