चट्याङ लागेर एकको मृत्यु ✍️ प्रारम्भ खबर 📅 ३ बैशाख २०७६, मंगलवार ०३:१३ 204 बैशाख ०३, पर्वत । पर्वतको मोदी गाउँपालिका–४ हलहलेमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २२ वर्षीय तारादेवी पुन रहेका छन । सोमबार बेलुकी चट्याङ लागेर गम्भिर घाइते भएका पुनलाई उपचारका लागि पर्वत जिल्ला अस्पताल लगिएको थियो । अस्पतालमै पुनको निधन भएको हो ।